Friday, May 1, 2009

थरुहटका कार्यकर्ताद्वारा टरिगाउँ गाविस कार्यालयमा आगजनी

जलाइएका गाविस संख्या १३ पुग्यो
उदय जीएम

दाङ, १८ बैशाख ः थरुहट संयुक्त संघर्ष समितिका कार्यकर्ताहरुले गएराति दाङको टरिगाउँ गाविस कार्यालयमा आगजनी गरेका छन् । आगजनीबाट गाविस कार्यालयका महत्वपूर्ण कागजात जलेर नष्ट भएका छन् । यसअघि उनीहरुले दाङका १२ वटा गाउँ विकास समितिका कार्यालयहरुमा आगजनी गरिसकेका छन् ।

संयुक्त थरुहट संर्घष्ा समितिका कार्यकर्ताहरुले बुधवार राति दाङका चार गाउँ विकास समिति कार्यालयमा आगजनी गरेका थिए । बुधवार थरुहट कार्यकर्ताले आगजनी गरेका गाविसहरुमा ढिकपुर, हापुर, सौंडियार र सतवरिया रहेका छन् । मंगलवार राति थरुहट कार्यकर्ताहरुले देउखुरी उपत्यकामा पर्ने गोबरडिहा, गंगापरस्पुर, गढवा, लालमटिया, सोनपुर, सिसहनिया, बेला र राजपुर गाविस कार्यालयमा आगजनी गरेका थिए ।

Friday, October 31, 2008

अज्ञात समूहको कुटपिटबाट एक घाइते

उदय जीएम
दाङ, १५ कार्तिक : अज्ञात समूहको कुटपिटबाट दाङको भालुवाङमा एकजना व ृद्ध गम्भीर घाइते भएका छन । भालुवाङको पुल्चोक बजारमा गएराति मोटरसाइकलमा आएका ४ जनाको समूहले स्थानीय ६१ वष्र्ाीय इन्द्रबहादुर खत्रीलार्इ कुटपिट गरेको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएकेा छ ।बा ९ प ४३१२ र लु ४ प १९२६ नम्बरको मोटरसाइकलमा आएका ती युवाहरु ब ृद्धलार्इ कुटपिट गरेपछि फरार भएको प्रहरीले जनाएको छ । कुटपिटपछि आत्रmोशित भीडले २ वटै मोटरसाइकलमा आगजनी गरी पुर्ण्ारुपमा क्ष्ाति पुर्‍याएको प्रहरीले जनाएको छ ।

Saturday, February 23, 2008

'पुस्तान्तर' उपन्यास र्सार्वजनिक पुस्तान्तरले समाजका बहुआयामिक पक्षमा फरक पार्छ ः विधायक शर्मा

उदय जीएम
दाङ, ११ फागुन ः अन्तरिम व्यवस्थापिका सांसद् नारायणप्रसाद शर्माले पुस्तान्तरले गर्दा समाजका बहुआयामिक पक्षमा फरक पार्ने बताउनु भएको छ । दाङका युवा साहित्यकार एमपी खरेलद्वारा लिखित 'पुस्तान्तर' उपन्यासको र्सार्वजनिकीकरण कार्यक्रममा बोल्दै विधायक शर्माले सो कुरा बताउनु भएको हो ।
आफ्नो पुस्ताको समयमा निराशा, कुण्ठा, पलायनता, चेतनाको कमी र भाग्यवादी सोच भएकाले तत्कालीन समयमा तनाव पनि कम भएको बताउनु भयो । अहिले स्रोतसाधनको विकास र नयाँ चिन्तन तथा सोचको विकास भएकाले नयाँ पुस्ताका लागि अवसर र चुनौती दुबै बढेको उहाँको भनाइ थियो । 'हामीलाई ज्ञानमात्र दिइयो तर ज्ञानलाई व्यवहार र कर्ममा प्रयोग गरिएन । यही नै अहिलेको समस्या हो', विधायक शर्माको भनाइ थियो । उहाँले 'पुस्तान्तर' र त्यसका लेखकको सफलताको कामना पनि गर्नुभयो ।
कार्यक्रममा पुस्तान्तरका लेखक एमपी खरेलले उपन्यास लेखनको सिद्धान्त बुझे पनि त्यसलाई व्यवहारमा उतार्न साह्रै कठिन भएको चर्चा गर्दै युवा पुस्तामा छाएको निराशा, राजनीतिक अस्थिरता, युद्धकालीन समाज, शैक्षिक बेरोजगारी लगायतलाई उपन्यासको केन्द्रीय विषयवस्तु बनाएको उल्लेख गर्नुभयो । उपन्यासमा डा. दर्शनलाललाई पात्रको रुपमा उभ्याएर नयाँ पुस्तालाई जीवनमुखी र आशावादी बनाएको चर्चा उहाँले गर्नुभयो ।
उपन्यास लेखन र सम्पादन प्रक्रियादेखि नै संलग्न रहँदै आउनुभएका साहित्यकार टीकाराम उदासीले 'पुस्तान्तर' कला र विषयवस्तुका दृष्टिले राम्रो भएको बताउनु भयो । पत्रकार उदय जीएमले 'पुस्तान्तर'मा उपन्यासकारले लेखन, सम्पादन र प्रकाशनका क्रममा गर्नुभएको मेहनतको चर्चा गर्दै पुस्तक परिमार्जितरुपमा बजारमा आएको बताउनु भयो । नेपाल पत्रकार महासंघ दाङ शाखाका उपाध्यक्ष अजयदीप शर्माले विषयवस्तु र प्रस्तुतिका हिसावले 'पुस्तान्तर'ले समाजलाई सकारात्मक सन्देश दिने आशा व्यक्त गर्नुभयो । पत्रकार हेमराज शर्माले पुस्तकका लेखकको प्रगतिको कामना गर्दै सञ्चारकर्मीहरुले सक्दो सहयोग गर्ने बताउनु भयो ।
प्यूठानको र्स्वर्गद्वारी ४ साम्रीखाडामा २०३७ पुस ६ गते जन्मिनुभएका खरेल हाल लक्ष्मीपुर- ९ दाङमा स्थायी बसोबास गर्नुहुन्छ । यसअघि विभिन्न पत्रपत्रिकामा फुटकर समाचोलना, निबन्ध र कथाहरु प्रकाशित गर्नुभएका खरेलको यो पहिलो कृति हो । ज्ञानु तामाङको कलामा सजिएको यो पुस्तकको प्रकाशक रामप्रसाद पोख्रेल हुनुहुन्छ ।